रोल्पा  नगरपालिकाको  संक्षिप्त परिचय

पृष्ठभूमि:

रोल्पा  नगरपालिका रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो ।रोल्पा नगरपालिकामा समाबेश भएका साबिक न.पा र गा.वि.स हरु लिबाङ न.पा.  ,कोटगाउ, जंकोट, धवाङ,होमा,कोर्चाङ,खुमेल र जेदवाङ गा.वि.स | रोल्पा नगरपालिका घोषणा , मिती

२०७३/११/२७ मा गरिएको हो|

 

भौगोलिक स्थिति :
रोल्पा गरपालिकाको पूर्वमा सुनछहरी  र सुवर्णवती  गा. पा.  सिमाना , पश्चिममा त्रिवेणी र माडी गा. पा. , उत्तरमा  दुईखोलि गा. पा.  तथा दक्षिणमा सुवर्णवती  र रुंटीगढी गा. पा. पर्दछन्। यस नगरपालिकाको क्षेत्रफल २७०.४२  वर्ग किलो मिटर रहेको छ ।

 

 समुन्द्री सतहबाट ८२० देखि १२८० मिटरसम्मको उचार्इृ रहेको छ । पूर्व पश्चिम राजमार्गको उत्तर तर्फ दाङ लमहीदेखि दाङ घोराहीबाट प्यूठान तिराम देवीस्थान चकचके हुँदै जिल्ला सदरमुकाम एवं लिबाङ नगरपालिकासम्म २०३३ सालमा सडकले छोएको हो । यो रुट २०४४ सालदेखि परिवर्तन गरी राजमार्गको दाङ भालुबाङदेखि प्यूठान देविस्थान चकचके हुँदै लिबाङ जोडिएको छ । राजमार्गको दाङ भालुबाङदेखि लिबाङ १०९ कि.मि.को दूरीमा रहेको छ । साथै २०६६ सालमा घोराहीदेखि रोल्पाको होलेरी दहवन–गैरीगाउँ–कोटगाउँ हुँदै लिबाङ पनि जोडिएको छ ।

 

मध्य पहाडी भू–भागमा पर्ने यो नगरपालिकामा समशितोष्ण खालको हावापानी पाईन्छ । अधिकतम २४.१ देखि न्यूनतम १४.८ डिग्री सेल्सीयससम्म औषत तापमान रहेको पाईन्छ ।

 

जनसंख्या :
रोल्पा नगरपालिकाको कुल जनसंख्या ३२७५९ रहेको छ|

 

भाषा, संस्कृति, वसोवास :
जिल्लाको सदरमुकाम भएको कारण लिबाङ नगरपालिका सम्भवतः जिल्लाकै घना बस्ती भएको क्षेत्र हुन सक्छ। सबै वडा बस्तीहरुमा मिश्रित जातजातिहरुको बसोवास रहेको छ । वडा नं. १, २, ३ मा मगरहरु, वडा नंं. ७ मा बाहुन क्षेत्रीहरु, वडा नं. ८ मा योगी/कवर/कुवर तथा ९ मा गुरुङहरुको बाहुल्यता रहेको छ भने अन्य वडाहरुमा विभिन्न जात जातिहरुको मिश्रित वसोवास रहेको छ । मातृ भाषाको रुपमा मगर खाम भाषा वडा नं. ३ र ४, नेवारी भाषा वडा नं. ७ मा बोल्ने गरिन्छ भने वडा नंं. ८ मा केही गुरुङहरुले आफ्नो गुरुङ भाषा बोल्ने गरेको पाइन्छ अन्य वडाहरुमा नेपाली भाषा नै बोलिने गरिन्छ । कला संस्कृतिको धनी लिबाङबासीहरुमा आफ्नै किसिमका सोरठी, पैसारु, श्राँय नाच जस्ता कला–संस्कृति र चाडपर्वका साथै राष्ट्रियस्तरमा मनाईने चाडपर्वहरु पनि मनाईन्छन ।

 

प्रमुख धार्मिक तथा पर्यटकीय स्थल :

 

वडा
धार्मिक स्थलको नाम
स्थान
मेला लाग्ने समय
कैफियत


खड्ग मन्दिर
नुवाकोट
बडादशैको रामनवमी
प्रत्येक वर्ष

 २
शिद्धबाबा मन्दिर
लाकुरीडाँडा
जेठासी पूर्णिमा
प्रत्येक वर्ष

 २
बराह मेला
मेलधारा
मंसिरे पूर्णिमा
एक वर्ष विराएर

 २
सिस्नेडाँडा मन्दिर
  चौरपानी
 भदौरे पूर्णिमा
 प्रत्येक वर्ष

 ४
बराह पुजा अम्रैटाकुरा
 अम्रैटाकुरा
 मंसिरे पूर्णिमा
 एक वर्ष विराएर

 ४
बराह पुजा सानो लिबाङ
 सानो लिबाङ प्रावि माथि
  मंसिरे पूर्णिमा
 एक वर्ष विराएर

 ४
बराह पुजा सल्लीबोट
 सल्लीबोट सारक्यूपा
 मंसिरे पूर्णिमा
  एक वर्ष विराएर

 ५
मस्ट पुजा सातदोबाटो
 बुरीकाट्ना देउराली
   मंसिरे पूर्णिमा
  एक वर्ष विराएर

 ५
बराह पुजा
 अम्रैटाकुरा खर्से देउराली
 मंसिरे पूर्णिमा
 एक वर्ष विराएर

 ६
आचार्य कुल पुजा
 धाँडपाखा काभे्रर्खक
  मंसिरे पूर्णिमा
  एक वर्ष विराएर

 ६
बराह पुजा दह
 दहधुरी
 मंसिरे पूर्णिमा
  एक वर्ष विराएर

 ६
गणेश, भिमसेन र भगवती मन्दिर
  रेउघा खैबाङ
 
 

 ७
शिवमन्दिर
 
 महाशिवरात्री
 प्रत्येक वर्ष

 ७
दुर्गा भवानी मन्दिर
  लिबाङ ७ जि.वि.स. अगाडि
  दशैको रामनवमी
 प्रत्येक वर्ष

 ७
हनुमान मन्दिर
 
 
 

 ८
भदौरे
 वडा नं.७ भदौरे मोटरबाटो छेउ
  भदौरे पूर्णिमा
 प्रत्येक वर्ष

 ८
बराह पुजा बारीचौर
  बारीचौर मोटरबाटो छेउ
 मंसिरे पूर्णिमा
  एक वर्ष विराएर

 ८
मस्ट पुजा सातदोबाटो
 सातदोबाटो ठुटेपोखरी
 मंसिरे पूर्णिमा
  एक वर्ष विराएर

 ८
शिद्धपुजा
  जुम्लीथाना
 जेठ औंसीको पंचमी
  प्रत्येक वर्ष

 ९
पंचमी मेला
 तिम्लेखर्क
बैशाखे पूर्णिमा पछिको
पंचमी
 प्रत्येक वष